एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको आइपिओ भर्ने अन्तिम मिति आजसम्म रहेको छ।
साउन १६ गतेदेखि खुलेको आइपिओका लागि आजको बैंकिङ कार्यालय खुल्ने समयसम् म भरिसक्नुपर्ने छ।
कम्पनीले एकसय अंकित ३१ लाख कित्ता सेयर सर्वसाधारणका लागि जारि गर्ने भन्दै आइपिओ खुलाएको थियो।
सेयर बिक्री प्रबन्धन सानिमा क्यापिटलका अनुसार साउन २० गतेसम्म मागको तुलनामा चार गुणा बढी आवेदन परेको छ।
कम्पनीले दिएको जानकारीअनुसार साउन २० गतेसम्म ३ लाख ३४ हजार २९२ आवेदकले १ करोड ४० लाख ५३ हजार ७६० कित्ताका लागि आवेदन दिइसकेका छन्।