राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले घर कर्जा अफर ल्याएको छ।
बैंकले वार्षिक ७.२५ प्रतिशत ब्याजदरमा घर किन्न,नयाँ घर निर्माण गर्न तथा अन्य बैंक तथा वित्तीय संस्थामा भएको ऋण सार्नका दिने जानकारी दिएको छ।
तर यस्तो ऋण १ करोड ५० लाखसम्ममात्र हुने छ। यसरी लिएको ऋणको अवधि बढीमा २० वर्षको हुने बैंकले जानकारी दिएको छ।
ऋणका लागि आवेदन दिएको ७ कार्यदिनभित्र स्वीकृती वा अस्वीकृतिको जानकारी दिइने बैंकले बताएको छ। यसरी लिएको ऋणको ब्याजदर एक वर्षसम्म स्थिर हुने छ।
पछिल्लो समय बैंकहरुले घर कर्जाको व्याजदरमा प्रतिस्पर्धा गरिरहेका छन्। यही दौडमा राष्ट्रिय वाणिज्य बैंकले पनि न्युन ब्याजदरमा घर कर्जा दिने योजना ल्याएको हो।