एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा अघिल्लो वर्षको तुलनामा गएको वर्ष उछाल आएको छ।
कम्पनीले गएको वर्ष १९ करोड ३१ रुपैयाँ नाफा आर्जन गरेको छ। चौथो त्राइमासिक वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीले अघिल्लो वर्षको तुलनामा करिब पाँच गुणानाले नाफा बढाएको जानकारी गराएको छ।
अघिल्लो वर्ष कम्पनीले चार करोडमात्र नाफा आर्जन गरेको थियो।
कम्पनीले कूल ३३ करोड ३० लाख आम्दानी गरेको छ। यसमा लगानी तथा कर्जाबाट १० करोड आम्दानी गरेको छ भने आयव्ययबाट सारिएको कोषको आम्दानी २३ करोड रहेको छ।
कूल आम्दानी भने कम्पनीको अघिल्लो वर्षको तुलनामा ४ गुणाले बढेको छ। गएको वर्ष कम्पनीले ९० करोड बराबरको प्रिमियम संकलन गर्न सफल भएको छ। अघिल्लो वर्ष उसले ८१ करोडमात्र संकलन गरेको थियो।
१ अर्ब ९ करोड चुक्ता पुँजी भएको कम्पनीको प्रति शेयर आम्दानी १७ रुपैयाँ ६२ पैसा रहेको छ। त्यस्तै प्रतशेयर कूल सम्पत्तिको मूल्य २१६ रुपैयाँ रहेको छ।