सिद्धार्थ बैंकले कोरोना कोषलाई दुई करोड ६७ लाख २७ हजार ९ सय २९ रुपैयाँ दिएको छ।
उक्त रकम बैंकका अध्यक्ष मनोज कुमार केडियाले अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रदान गरे।
साेही अवसरमा अर्थमन्त्री डा. खतिवडाले बैंकलाई धन्यवाद ज्ञापन गरे। बैंकको तर्फबाट प्रदान गरिएको यो सहयोग नै हालको परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्वको सबैभन्दा राम्रो उदाहरण भएको उनले बताए।
प्राप्त रकमको सरकारले कोरोना रोकथाम एवं नियन्त्रणको काममा नै सदुपयोेग गर्ने डा. खतिवडाको भनाइ थियो।
यस अघि पनि बैंकले प्रदेश सरकार तथा विभिन्न स्थनीय तहलाई गरी रु ७६,२४,६२० ९छयहत्तर लाख चौबिस हजार छ सय बिस० सहयोग प्रदान गरिसकेको छ।
यसरी कोरोना भाइरस संक्रमण रोकथाममा बैंकले हालसम्म कुल रु ३,४३,५२,५४९ ९तिन करोड त्रिचालीस लाख बाउन्न हजार पाँच सय उनन्चास० सहयोग प्रदान गरेका छ । यसरी प्रदान गरिएको रकमबाट कोरोना भाइरस संक्रमण रोेकथाम तथा उपचारकाका लागि ठूलो सघाउ पुग्ने बैंकले विश्वास लिएको छ ।
हालको प्रतिकुल परिस्थितिमा सरकारले तोकेको स्वास्थ सम्बन्धी मापदण्ड अनुरुप बैंकले स्थानीय अधिकारी एवं सरकारका अन्य विभिन्न निकायसंगको समन्वयमा विभिन्न शाखाहरुका साथै डिजिटल माध्यमबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।