एनआइसी एसिया बैंकले आफ्ना क्रेडि कार्ड होल्डरका लागि विभिन्न ब्रान्डका इलेक्ट्रोनिक्स सामग्री खरिद गर्न शून्य व्याजदरको स्किम दिने भएको छ।
बैंकले सम्झौता गरेकका ब्रान्डका सामग्रीहरू किस्ताबन्दीमा खरिद गर्दा शून्य ब्याजदर पाउने छन्।
सिजी डिजिटल, एलजी लाइफ स्टाइल शोपी, इभोलुसन ट्रेडिङ (इभो),नियोटेरिक नेपाल, इको इन्फिनिटी, त्रिवेणी व्यापार कम्पनीलगायत १६ मर्चेन्टहरूसँग सम्झौता गरेको छ।
यी कम्पनीसँग भएका सामग्री क्रेडिट कार्ड प्रयोगकर्तालाइ शून्य ब्याजदरमै किस्ताबन्दीको सुविधा उपलब्ध गराउने गरी बैंकले समझदारी गरिसकेको छ।
बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले शून्य ब्याजदरमै टिभी, फ्रिज, वासिंङ मेसिन, इलेक्ट्रोनिक स्कुटर, ल्यापटप, आइफोन, आइम्याक, आइप्याड लगायतका सामग्रीहरू खरिद गर्न सक्ने बैंकले जानकारी दिउको छ।
आफ्नो क्रेडिट कार्डको सीमाभित्र रहने गरी न्यूनतम ३० हजार देखि अधिकतम ५ लाखसम्मका इलेक्ट्रोनिक्स सामग्रीहरू खरिद गर्न सक्नेछन्।
बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकसँग समझदारी १६ वटा मर्चेन्टहरूमार्फत् आफुलाई चाहिएको विद्युतीय सामग्री शून्य ब्याजदरमै खरिद गर्न सक्नेछन्।
बैंकका ग्राहकले न्यूनतम ३ महिनादेखि अधिकतम १२ महिनासम्मको समयावधीमा लागत मूल्य बैंकलाई किस्ताबन्दीमा तिर्नेगरी शून्य प्रतिशत ब्याजदरमा क्रेडिट कार्डमार्फत् सामग्री खरिद गरेर सुविधा उपयोग गर्नसक्ने छन्।
क्रेडिट कार्ड प्रयोगकर्ताले बैंकसँग समझदारी भएको मर्चेन्टबाट आफुलाई चाहिने सामग्रीको कोटेसन लिएपछि शून्य प्रतिशत फाइनान्सिङ सम्बन्धी निवेदन बैंकलाई बुझाउनुपर्नेछ । उक्त निवेदनको आधारमा बैंकले आवश्यक प्रक्रिया पूरा गरी ग्राहकले इच्छाएको सामग्री बिक्री गर्नका लागि मर्चेन्टलाई डेलिभरी अर्डर दिनेछ । यस्तो अर्डर पाएपछि मर्चेन्टले क्रेडिट कार्ड प्रयोगकर्तालाई इच्छाएको सामग्री हस्तान्तरण गर्नेछ।मासिक किस्ता रकम बैंकलाई भुक्तानी गर्नुपर्ने हुन्छ ।
योसँगै बैंकको मोबाइल बैंकिङ्ग वा बैंकको कार्ड (डेबिट/क्रेडिट) हरू मार्फत् भुक्तानी गर्दा ग्राहकले देशभरका २ हजार ५०० बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा कारोबार रकमको ३० प्रतिशतसम्म छुट पाउने छन्।