लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो छैटौं र सातौँ एक्स्टेन्सन काउण्टर दोलखा जिल्लामा स्थापना गरेको छ।
छैटौं एक्स्टेन्सन काउण्टर दोलखाजिल्लाको तामाकोशी गाँउपालिका–वडा न. ३, जाफेमा स्थापना भएको हो।
सातौँ एक्स्टेन्सन काउण्टर कालिञ्चोक गाँउपालिका–वडा न. ८, सुनखानीमा रहेको छ।
यी २ नयाँ एक्स्टेन्सन काउण्टरका स्थापनाको साथै लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२१ शाखा, ७ एक्स्टेन्सन काउण्टर, ४ हस्पिटल सेवा काउन्टर, १५१ एटिएम, २ हजार ५ सय भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६१ शाखारहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ।