नेपाल इन्भेष्टमेन्ट बैंकले आर्थिक वर्ष २०७६/७७ को अन्तिम त्राइमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार बैंकले गएको वर्ष २ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा बैंकले अघिल्लो वर्ष आर्जन गरेको भन्दा २२ प्रतिशतले न्यून हो।
बैंकले जोखिम व्यवस्थापनमा धेरै खर्च गर्नुपर्दा नाफामा संकुचन आएको प्रष्टिकरण दिएको छ।
बैंकको वितरणयोग्य नाफा भने ६५ करोड २३ लाख रुपैयाँमात्र छ।
खुद व्याज आम्दानी नै घटेको बैंकले सञ्चालन खर्च पनि न्यूनीकरण गरेको छ। यद्यपी सञ्चालन नाफा पनि घट्न पुगेको छ।
११ प्रतिशतले बढाएर १ खर्ब ६६ अर्ब निक्षेप संकलन गर्न सफल बैंकले १० प्रतिशतले विस्तार गर्दै १ खर्ब ३५ अर्ब ऋण परिचालन गरेको छ।
१० प्रतिशत बढाएर १४ अर्ब २४ करोड चुक्ता पुँजी बनाएको बैंकसँग ११ अर्ब ४१ करोडको जगेडा रहेको छ।
बैंकको खराब कर्चा २.९१ प्रतिशत पुगेको छ।
प्रतिशेयर आम्दानी १८.०५ रुपैयाँ रहेको बैंकको शेयर नेटवर्थ १९१.७४ रुपैयाँ रहेको छ।