आर्थिक वर्ष २०७६/७७ मा हिमालयन बैंक लिमिटेडले २ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
लेखा परीक्षणन नभएको वित्तीय विवरणअनुसार बैंकको यो नाफा अघिल्लो वर्षको तुलनामा ८ प्रतिशतले न्यून हो।
जोखिम न्यूनीकरणका लागि धेरै खर्च गर्नुपरेको तथा कोरोनाका लागि पछिल्लो त्राइमासमा व्यापार खस्किएकाले नाफामा असर परेको बैंकले जानकारी दिएको छ।
बैंकको वितरणयोग्य नाफा भने १ अर्ब ३० करोड ९२ लाख रुपैयाँ रहेको छ। यसको अर्थ बैंकले १३ प्रतिशत लाभांस वितरण गर्ने क्षमता राख्छ।
बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ। बैंकले गएको वर्ष ४ अर्ब ७५ करोड खुद ब्याज आम्दानी गरेको हो। यो अघिल्लो वर्षको तुलनामा न्यून हो।
१ खर्ब २५ अर्ब निक्षेप संकलन गरेर १ खर्ब १ अर्बमात्र ऋण लगानी गरेको बैंकको खराब कर्जा १.०१ प्रतिशतमा सिमित भएको छ।
आधार दर ८.१८ प्रतिशत रहेको बैंकको प्रतिशेयर आम्दानी २७.१३ रुपेयाँ रहेको छ।