लक्ष्मी बैंकले आर्थिक वर्ष २०७६/७७ मा १ अर्ब १२ करोड रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ।
बैंकले खुद नाफा भने १ अर्ब ४८ करोड आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा ६ प्रतिशत न्यून हो।
बैंकले १ खर्ब निक्षेप संकलन गरेको छ। यो अघिल्लो वर्षको तुलनामा २५ प्रतिशत धेरै हो। ८९ अर्ब ऋण प्रवाह गरेको बैंकको खराब कर्जा १.०४ प्रतिशतमा सिमित भएको छ।
९ अर्ब ८१ करोड चुक्ता पुँजी भएको बैंकको प्रतिशेयर आम्दानी
१५.१३ रुपैयाँ छ भने नेटवर्थ १४२.१३ रुपैयाँ रहेको छ। ९.२३ प्रतिशत औषत आधार दर भएको बैंकको सिसिडी रेसियो ७१.७७ कायम भएको छ