प्रामइ कमर्सियल बैंकको नाफा बढेको छ। आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरणअनुसार बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ४ प्रतिशतले बढेको हो।
बैंककले ४.२८ प्रतिशतले नाफा बढाएर २ अर्ब २९ करोड पुर्याएको छ। अघिल्लो वर्ष बैंकको नाफा २ अर्ब १९ करोड रुपैयाँ थियो।
५० प्रतिशतले बढाएर १३ अर्ब ९८ करोड चुक्ता पुँजी बनाएको बैंकको वितरणयोग्य नाफा भने १ अर्ब ६१ करोड रुपैयाँमात्र रहेको छ। यो बैंकले १२ प्रतिशत हाराहारीमा लाभांस वितरण गर्नसक्छ।
बैंकको प्रतिशेय आम्दानी भने अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतले घटेर १६.३९ रुपैयाँमा सिमित भएको छ।
५५ प्रतिशत बढाएर १ अर्ब १९ अर्ब निक्षेप संकलन गरेको बैंकले ऋण विस्तार पनि ५२ प्रतिशतले बढाएर १ खर्ब १० अर्ब परिचालन गरेको छ।बैंकको खराब कर्जा १.५४ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष १ प्रतिशतमात्र थियो।