एनएमबी बैंकले साइकल किन्न ऋण दिने भएको छ। यो योजना अन्तर्गत साइकल खरिद गर्नेर्ले डाउन पेमेन्ट र व्याज तिर्नुपर्ने छैन।
यो सेवा लिन अनिवार्य रुपमा बैंकको भिसा क्रेडिट कार्ड लिएको हुनुपर्ने छ। क्रेडिट कार्ड नभएकाले नयाँ कार्ड बनाएर पनि यो सेवा लिन सक्नेछन्।
किस्ताको रकम क्रेडिट कार्डको लिमिट भन्दा धेरै भएमा ग्राहकले सो रकम नगद नै तिर्न सक्नेछन्। बैंकका अनुसार यसको किस्ता आफ्नो सहजताको हिसावले १२, १८ वा २४ महिनामा तिर्न सकिने छ।
साइकलको लागि पोखरा र काठमाडौंका काठमाडौंका विभिन्न साइकल ब्राण्डसँग सम्झौता गरिएको बैंकले जनाएको छ।
यो सुविधामा साइकल खरिद गर्नेहरुले बैंकसँग सम्झौता गरेका ब्रान्ड वा पसलबाटमात्र लिन सकिने छ। यस सम्बन्धि थप जानकारी बैंकमा सम्पर्क गर्नुपर्ने छ।