सानिमा बैंकले अनलाईनमार्फत् क्रेडिट कार्ड आवेदन दिनसक्ने व्यवस्था गरेको छ। यससँगै अब क्रेडिट कार्ड आवेदनका लागि बैंकसम्म पुग्नु नपर्ने भएको छ।
ग्राहकहरुले आवेदन दिन बैंकको वेवसाइटमा गएर ‘क्रेडिट कार्ड आवेदन’मा क्लिक गरी फारममा उल्लेखित विवरण भर्नुपर्ने बताइएको छ।
फारम भरेपछि क्रेडिट कार्ड स्वीकृत भएकोबारे र कार्ड दिइने समयसम्बन्धी जानकारी इमेल तथा फोनमार्फत् दिइने बैंकको भनाइ छ।
सोही बैंकको क्रेडिट कार्डबाट अनलाइन सपिङ्ग गर्दा छुट र मासिक किस्तामा सामान किन्न समेत सकिन्छ।
सानिमा बैंकले हाल ८२ शाखा कार्यालय १५ विस्तारित काउन्टर तथा ८१ एटिएमबाट ग्राहकहरुलाई बैंकिङ्ग सेवा दिदैं आएको छ।