दशैंको अवसरमा सानिमा बैंकले ‘यो पालिको दशैंमा, क्रेडिट कार्डको बहार सानिमा बैंकमा’ नारासहित निःशुल्क क्रेडिट कार्ड जारी गर्ने भएको छ।
यो योजना सोमबारदेखि असोज मसान्तसम्म आवेदन दिने सबै ग्राहकहरुमा लागू हुनेछ।
साथै, सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी (इएमआइ) भुक्तानीको व्यवस्था गर्न सकिने बैंकले बताएको छ।
यसैगरी, पहिलो ५० जना ग्राहकहरुले अनलाइन सपिङ्ग पोर्टल दराजमा तीन हजार बराबरको सामान किन्दा ५ सय रुपैयाँको निःशुल्क भौचर समेत पाउन सकिन्छ।
सानिमा बैंकको सातै प्रदेशमा हाल ८२ वटा शाखा, १५ विस्तारित काउन्टर र ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन्।