एभरेष्ट बैंकका ग्राहकले होटल अलफ्टमा १५ प्रतिशत छुट पाउने भएका छन्। होटल अलफ्ट ठमेल र एभरेष्ट बैंकबीच छुट दिने सम्बन्धी सम्झौता भएकाे हाे।
बैंकका ग्राहकहरुले फुड, वेभरेज र बेकरी सपमा होटेलले तोकेको स्ट्याण्डर्ड मूल्यमा १५ प्रतिशत छुट पाउने भएका हुन्।
कोभिड–१९ महामारीका कारण यो अफर टेक-अवे सेवामा मात्र उपलब्ध छ। सामान्य स्थिती भएपछि यो अफर होटेल सेवामा पनि दिइने बताइएको छ।
सम्झौताअनुसार एभरेष्ट बैंकका ग्राहकहरुले आफ्नो एटिएम वा क्रेडिट कार्ड देखाएमा यो छुट पाउनेछन्। एभरेष्ट बैंकको हालसम्म ९५ शाखाहरु, ३१ राजस्व सङ्गकलन काउन्टरहरु र १२३ स्थानमा एटिएम रहेका छन्।