माछापुच्छ्रे बैंकले भारतमा रहेका नेपालीहरुले भारतस्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजमार्फत बिना शुल्क नेपालमा पैसा पठाउन सक्ने व्यवस्था गरेको छ।
पठाएको पैसा माछापुच्छ्रे बैंककाे शाखा, शाखारहित बैंकिङ्ग सेवालगायत रेमिट्यान्स एजेन्ट मार्फत सहज र सरल तरिकाबाट भुक्तानी लिन सकिने छ।
बैंकले १६० वटा शाखा, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल, १९९ वटा एटीएम र १ हजारभन्दा बढी पिओएमार्फत बार्ट बंैकिङ्ग सुबिधा प्रदान गर्दै आएको छ।