इसेवा मनि ट्रान्स्फरले दशैँ तिहारलाई लक्षित गर्दै नयाँ योजना ल्याएको छ।
योजना अन्तरगत इसेवामार्फत विदेशबाट आफन्तले पठाएको पैसा लिँदा सय बराबरको रिचार्ज जित्न सकिन्छ।
इसेवा एजेन्टमार्फत रकम प्राप्त गर्दा एक सय बराबरको रिचार्ज पाइने छ। सिधै इसेवा खातामा रकम प्राप्त गर्दा खातामा एक सय बोनस प्राप्त गर्न सकिनेछ।
यो योजना मंसिर ६ गतेसम्म लागु हुनेछ। यो योजना विदेशबाट रेमिट्यान्स पठाउनेको हकमा मात्र लागु हुनेछ।