स्थापनाको २० वर्ष पूरा गरी २१ औँ वर्षमा प्रवेश गरेको अवसरमा माछापुच्छ्रे बैंकले ग्राहक लक्षित २०–२० (ट्वेन्टी–ट्वेन्टी) स्मार्ट योजना संचालनमा ल्याएको छ।
चाडबाडको समयमा हुने किनमेललाई ध्यानमा राख्दै बैंकले डेविट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिंगका प्रयोगकर्तालाई लक्षित गरी क्यास व्याक अफर संचालनमा ल्याएको हो।
योजनाअन्तर्गत ग्राहकहरुले माछापुच्छ्रे बैंकको डेविट कार्ड तथा क्रेडिट कार्डबाट पीओएस वा इ–कमर्श साइटहरुमा भुक्तानी गर्दा साथै मोबाइल बैंकिङबाट, क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा २० प्रतिशत वा बढिमा २ सयसम्मको क्यास व्याक पाउन सक्नेछन्।
२० दिनसम्म संचालन हुने २० प्रतिशत क्यासव्याक अफरमा सहभागी भई क्यासव्याक प्राप्त गर्न ग्राहकहरुले क्यास ब्याक अवधिभर कम्तीमा २ सय बराबरको २ वटा छुट्टाछुट्टै कारोबार गर्नुपर्नेछ।
कोभिड १९ को जोखिम बढी नै रहेको र चाडबाडको समय नजिकिँदै गइरहेको समयमा डिजिटल कारोबारलाई प्रोत्साहित गर्न बैंकले उक्त २०–२० स्मार्ट योजना संचालनमा ल्याएको हो।