कुमारी बैंकको पिसिआर परीक्षण क्याम्प सम्पन्न भएको छ। बैंकले काठमाडौं मेडिकल कलेजसँगको सहकार्यमा सोमबारदेखि ‘निशुल्क पिसिआर परीक्षण क्याम्प’ आयोजना गरेको थियो।
पिसिआर परीक्षण गराउने व्यक्तिको कोरोना सङ्क्रमण भए–नभएको रिपोर्ट फोनबाटै जानकारी गराएको बैंकले बताएको छ।
बैंकका अनुसार सो क्याम्प १९ गते काठमाडौंको टङ्गालस्थित बैंकको कर्पोरेट कार्यालयमा, २० गते कुमारी बैंकको न्युरोड शाखामा र २१ गते बैंकको पुतलीसडक शाखामा गरिएको थियो।