वालेटमार्फत राजश्व भुक्तानी गर्दा पुस मसान्तसम्म कुनै शुल्क नलाग्ने भएको छ।
राष्ट्र बैंकले राजश्व व्यवस्थापन सूचना प्रणालीमा आवद्ध भुक्तानी सेवा प्रदायकलाइ वालेटमार्फत हुने राजश्व भुक्तानीमा पुस मसान्तसम्म कुनै शुल्क नलिन निर्देशन दिएको हो।
सेवा प्रदायकले वालेटमार्फत कारोबार गर्दा प्रतिकारोबार ५ रुपैयाँदेखि ३० रुपैयाँसम्म शूल्क लिँदै आएका छन्।
१ हजार रुपैयाँसम्मको कारोबार निशुल्क छ भने १ हजार १ देखि ३ हजारसम्मको कारोबारमा ५ रुपैयाँ शुल्क लाग्छ।
३ हजार १ देखि १० हजारसम्मको कारोबारमा १० रुपैयाँ र सोभन्दा माथिको कारोबारमा ३० रुपैयाँ शुल्क लाग्दै आएको छ।