सेयर बजारको परिसूचक नेप्से मंगलबार ९ अंकले झरेको छ। सो अंक झरेसँगै परिसूचक १५६८ अंकमा कायम भएको छ। यस दिन १ अर्ब ८१ करोड रुपैयाँको सेयर किनबेच भयो।
ब्यापार, उत्पादन र म्यूचुअल फन्ड बाहेकका सबै समूह झरेका छन्। ब्यापार १, उत्पादन १० र म्युचुअल फन्ड ०.०५ अंकमा हरियो रहे।
बैंकिङ ७, होटल १०, विकास बैंक ८, जलविद्युत २७, फाइनान्स १६, निर्जीवन बीमा ४८, अन्य १, माइक्रोफाइनान्स १३, जीवन बीमा समूह ३८ अंकले घटे।
अरुण काबेलीको सबैभन्दा धेरै ११ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भयो भने ज्योति विकास बैंकको ११ करोड ७ लाखको कारोबार भयो।
ज्योति विकासकै मूल्य सबैभन्दा धेरै ४. ८ प्रतिशतले बढेको छ। पञ्चकन्या हाइड्रोको मूल्य सबैभन्दा धेरै ८. ७ प्रतिशतले घट्यो।