ग्लोबल आइएमइ बैंकले दुई शाखारहित बैंकिङ सेवा सुरु गरेको छ।
बैंकले बाग्लुङको दमेक र डोटीको उच्चाकोटमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएका होे। यससँगै बैंकको उक्त सेवा संख्या २२७ पुगेको छ।
बाग्लुङको जिल्लाको जैमिनी नगरपालिका वडा नं. ३ दमेकमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा टेक बहादुर कामीलाइ नियुक्त गरिएको छ। डोटीको जिल्लाको शिखर नगरपालिका वडा नं. ९ उच्चाकोटको साे सेवाको प्रतिनिधिको रुपमा यज्ञराज पन्तलाई नियुक्त गरिएको छ।
शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधि मार्फत बैंकिङ सेवा लिन सक्ने बैंकले बताएको छ।
यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी लगायत सेवा लिन सकिन्छ।
यो बैंकको हाल २५९ शाखा सञ्जाल सहित २३४ एटिएम, ४३ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २२७ शाखा रहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय छन्।