बुधबार सेयर बजारको परिसूचक नेप्से ७. ४२ अंकले घटेको छ। यस दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा खुम्चिएको छ। १९५ कम्पनीको १ अर्ब ४९ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ।
हिजो १ अर्ब ८१ करोड रुपैयाँको सेयर कारोबार भएको थियो भने नेप्से ९ अंकले घटेको थियो।
आजको कारोबारपछि नेप्से १५६१ अंकमा कायम भएको छ। होटलबाहेकका सबै समूह यस दिन घटेका छन्। सो समूह २ अंकले बढेको छ।
बैंकिङ ३. ५, ब्यापार ३. ७, विकास बैंक ४१. ९, जलविद्युत १६, फाइान्स १०. ९, निर्जीवन बीमा २२, उत्पादन २२. ३, अन्य ५. ९, माइक्रोफाइनान्स ५. ३, जीवन बीमा ३३. ५ अंकले घटेका छन्।
यस दिन जनरल इन्स्योरेन्स र नेपाल फाइनान्सका लगानीकर्ताले झण्डै १० प्रतिशत मूल्य कमाए।
कारोबारका आधारमा सानिमा बैंक अग्रस्थानमा रह्यो। हालै लाभांश घोषणा गरेकाले सो कम्पनी यस दिन कारोबारका आधारमा अग्रस्थानमा रह्यो।
बैंकले गत आवको नाफाबाट १० प्रतिशत बोनस सेयर र ३. ६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। आज बैंकको ७ करोड २५ लाखको सेयर कारोबार भएको छ।
दोस्रोमा रहेको नेपाल बैंकको ६ करोडको कारोबार भयो। घलेम्दी जलविद्युतको मूल्य ७ प्रतिशतले घट्यो भने बरुण र अपि पावरको मूल्य करिब ६ प्रतिशतले घटेको छ।