सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाकालको तेस्रो वर्ष पूरा गरेको छ। यो अवसरमा सिटिजन लाइफले नयाँ म्यास्कोट ‘सिटिम्यान’लाई ग्राहकमाझ ल्याएको छ।
सिटिम्यानले ग्राहकको चाहना र मागअनुसारको नयाँ सेवा र सुरक्षा दिने कम्पनीले बताएको छ।
प्रविधिमुखी बनाउने उद्देश्यले डिजिटल सिटिजन कार्यक्रम, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने सिटिजन स्वरोजगार अभियान र बीमाको सचेतना बढाउन विद्यार्थीसंग बीमा जस्ता विभिन्न कार्यक्रमहरु ल्याएको कम्पनीको भनाइ छ।
नवीनतम बीमा योजना र व्यवसायिक तथा दक्ष सिटिजन लिडरहरुसहितको टिममार्फत कम्पनीले भविष्यमा वित्तीय तथा सामाजिक लक्ष्य हासिल प्रतिवद्धता व्यक्त गरेको छ।