एक सातामै बैंकहरुमा ७५ अर्बले निक्षेप बढेको छ।
नेपाल बैंकर्स एसोसिएसनका अनुसार असोज २३ गतेसम्म ३५ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा ३० गतेसम्म आउँदा ३६ खर्ब ५४ अर्ब पुगेको छ।
त्यस्तै कर्जा प्रवाह भने ७१ अर्बले बढेको छ। एसोसिएसनका अनुसार असोज २३ गते २९ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा ३० गतेसम्म ३० खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ।
सो अवधिमा प्रवाह भएको निक्षेप तथा कर्जा वैदेशिक मुद्रासहित हो।
असोज मसान्तमा बैंकहरुले निक्षेपकर्तालाई ब्याज प्रदान गर्ने सो रकम पनि खातामा जोडिदिएकाले निक्षेपमा उल्लेख्य सुधार देखिएको हो।
त्यस्तै ऋणीबाट उठाउनुपर्ने कर्जामा पनि ब्याज जोडेर पुँजीकरण गरिँदा वृद्धि देखिएको हो।