ग्लोबल आइएमई बैंकले रोल्पाको ताप्लाबजार र सिराहाको कल्याणपुरमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।
थप २ सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २ सय २९ पुगेको बैंकले विज्ञप्ती मार्फत् जानकारी दिएको छ।
शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत सेवा लिन सक्ने बताइएको छ।
यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिस होम र मोवाइल रिचार्ज गर्नेलगायतका सेवा लिन सक्नेछन्।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका स्थानीयलाई टाढा पुग्नुपर्ने बाध्यता हटाउन सेवा सुरु गरेको बैंकले बताएको छ।
७१ वटा जिल्लामा फैलिएको बैंकको २ सय ५९ शाखा सञ्जालसहित २ सय ३५ एटिएम, ४३ एक्स्टेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २ सय २९ शाखा रहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय सम्र्पक कार्यालयमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।