ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबार काठमाडौंको शान्तिनगर र टोखामा नयाँ शाखा सञ्चानमा ल्याएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज ब्रजाचार्यले नयाँ शाखाहरुको भर्चुअल्ली उद्घाटन गरेको बैंकले विज्ञप्ती मार्फत् जानकारी दिएको छ।
यसका साथै भक्तपुरको गाम्छा र चितवनको सप्तगण्डकी कलेज परिसरमा नयाँ एक्सटेन्सन काउण्टर पनि सञ्चालनमा ल्याएको बैंकले जानकारी दिएको छ।
नयाँ शाखा तथा एक्सटेन्सन काउण्टरहरु सञ्चालन आएसँगै बैंकको शाखा संख्या २ सय ६१ र एक्स्टेन्सन काउण्टरको संख्या ४५ पुगेको छ।
ग्लोबल आइएमई बैंकले ७१ वटा जिल्लाबाट २ सय ६१ शाखा सञ्जालसहित २ सय ३७ एटिएम, ४५ एक्स्टेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २ सय २९ शाखा रहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय सम्र्पक कार्यालयमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।