कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई बोनस शेयर र नगद लाभांश दिने घोषणा गरेको छ।
आज बसेको बैंकको संचालक समितिको बैठकबाट आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर तथा ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित भएको छ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि लागू हुनेछ।
विगत २० वर्षदेखि आफ्ना देशव्यापी शाखा संजाल, एटिएम, विस्तारित काउन्टर लगायत शाखारहित बैंकिङ इकाईहरु मार्फत सेवा दिँदै आएको कुमारी बैंकको निक्षेप १ खर्ब २२ अर्ब र कर्जा लगानी १ खर्ब १५ अर्ब पुगेको छ।