कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकको सुविधाका लागि फोनलोन नामक नयाँ कर्जा सुविधा ल्याएको छ।
ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले फोनलोन नयाँ सेवा संचालनमा ल्याएको बैंकले प्रेस विज्ञप्ती मार्फत् जानकारी दिएको हो।
कुमारी बैंकमा तलब खाता संचालन गरिरहेको ग्राहकहरुले ३० दिनसम्मका लागि अधिकतम १ लाखसम्म फोनबाटै लोन लिन सक्नेछन्।
त्यस्तै कर्जाको लागि कुनै पनि धितोको आवश्यकता नपर्ने, साथै कुनै निवेदन र कानूनी कागजात नचाहिने बैंकले बताएको छ।
देशव्यापी १ सय ८४ शाखा–संजाल, १ सय ४४ एटिएम, २१ शाखारहित बैंकिङ इकाई तथा १३ एक्टेन्सन काउन्टर मार्फत सेवा सुविधा दिँदै आएको छ।