प्रभु बैंक लिमिटेडले नवलपरासी पुर्व जिल्लाको देवचुली नगरपालिका वडा नं. १५ स्थित प्रगतिनगरमा प्रगतिनगर शाखा कार्यालय विस्तार गरेको छ।
नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी बैंकले यो सेवा विस्तार गरेको हो।
उक्त शाखाबाट दिइने बैंकिङ्ग सेवाबाट सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा लिएर लाभान्वित हुने बैंकले विश्वास लिएको छ।
प्रभु बैंकको २११ वटा शाखा कार्यालय, १९५ वटा एटिएम, ५६ वटा एक्स्टेन्सन काउन्टर तथा १७ वटा शाखारहित बैंकिङ्ग सेवा रहेको छ।