एभरेष्ट बैंक लिमिटेडले पाँच प्रतिशत नगद लाभांश र पाँच प्रतिशत बोनस शेयर (कर समेत) गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको सञ्चालक समितिको बुधबार बसेको बैठकबाट उक्त प्रस्ताव गरिएको हो। प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ।