नबिल बैंकले सन्देशमूलक तिहार भिडियो ल्याएको छ।
बैंकले कोरोना महामारिका बेला तिहार सुरक्षित तरिकाले मनाऔं भन्ने सन्देशमूलक भिडियो सार्वजनिक गरेको हो।
दशैंमा पनि बैंकले यस्तै सन्देश दिने भिडियो सार्वजनिक गरेको थियो। सो भिडियो करिब १३ लाख दर्शकले हेरेका थिए।
बैंकका अनुसार उक्त भिडियोले हालको समयमा भौतिकरुपमा भन्दा भावनात्मक रुपमा नजिक भएर तिहार मनाऔं भन्ने सन्देश सरल ढंगले दिइएको छ।