सनराइज बैंकले ‘सनराइज स्मार्ट बचत खाता’ संचालनमा ल्याएको छ। यो सुविधा अन्तर्गत ग्राहकहरुले अनलाइन मार्फत नयाँ खाता खोलेर तुरुन्तै खाता नम्बर पाउने छन्।
खाता सक्रिय भएपछि ग्राहकहरुले रकम जम्मा गर्न र डिजिटल ट्रान्जेक्सन गर्न सक्छन्। साथै मोबाइल बैंकिङ्ग प्रयोग गरी आफैले मुद्दति खाता पनि खोल्न सक्ने बैंकको भनाइ छ।
ग्राहकहरुले बैंकको आधिकारिक वेवसाइटमार्फत कुनै पनि बचत खाता छनोट गरी आफ्नो विवरण भर्नुपर्छ।
अनलाइनबाट खोलिएका उक्त बचत खाता शुन्य मौज्दातमा खोल्न सकिन्छ। सो बचत खातामा आकर्षक ब्याज समेत दिइने बैंकले बताएको छ।
खाता खोलेको १ वर्ष भित्र भने बैंकमा गएर सो खाता अद्यावधिक गर्नुपर्ने हुन्छ।