सानिमा बैंक लिमिटेडले कर्पोरेट पे प्रणाली सुरु गरेको छ। बैंक खाताबाट डिजिटल भुक्तानी गर्न सकिने गरी बैंकले पहिलो पटक यो सेवा सुरु गरेको हो।
यो डिजिटल भुक्तानी प्रणाली मार्फत कर्मचारीलाई तलब भुक्तानी, तेस्रो पक्षलाई भुक्तानी, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यवसायिक भुक्तानीहरु गर्न सकिन्छ।
कनेक्टआइपिएस अथवा एनसिएचएल–आइपिएमा रियल–टाइम वा नन–रियलटाइममा उक्त प्रणाली मार्फत भुक्तानी गर्न सकिन्छ।
कर्पोरेट पेमा आबद्ध हुने ग्राहकले आवश्यक प्रकृया पूरा गरेर तोकेको कारोबार सीमाभित्र कुनै पनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नता विना गर्न सक्छन्।