सेयर बजारको परिसूचक नेप्से २ हजार अंकमा पुगेको छ। मंगलबार ३. ३५ अंकले बढेर बजार २ हजार अंकमा पुगेको हो। आजको नेप्से परिसूचक अहिलेसम्मकै उच्च हो।
आज ७ अर्ब ४० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बैंकिङ समूह ४१, ब्यापार १०७, होटल २० र विकास बैंक समूह ५२, फाइनान्स ७, निर्जीवन बीमा ३४ अंकले घटेको छ।
यस दिन जलविद्युत ३८, उत्पादन ९९, अन्य १०७, जीवन बीमा २१६ र माइक्रोफाइनान्स समूह १ अंकले बढेका छन्।
यस दिन नेपाल पुनर्बीमा, रसुवागढी हाइड्रोपावर, माथिल्लो तामाकोसी, नेपाल टेलिकम, सान्जेन जलविद्युत र शिवम् सिमेन्टको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ।
यस दिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ६५ करोड रुपैयाँको कारोबार भयो। त्यस्तै टेलिकमको ४४ करोड तथा नेपाल लाइफ इन्स्योरेन्सको ३३ करोड रुपैयाँ बराबरको कारोबार भयो।
यस दिन एभरेष्ट इन्स्योरेन्सको संस्थापकतर्फका लगानीकर्ताले सबैभन्दा धेरै ९ प्रतिशत मूल्य गुमाए।