बुधबार सेयर बजारको परिसूचक नेप्से ७० अंकले बढेको छ।
७०. ६२ अंकको वृद्धिपछि परिसूचक २०७१ अंकमा कायम भएको छ। यो अंक हालसम्मकै उच्च हो। निरन्तर बढिरहँदा नेप्सेमा दिनदिनै नयाँ रेकर्ड बनिरहेको छ।
यस दिन २०१ कम्पनीको ७ अर्ब ३७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
बैंकिङ समूहमा सामान्य अंकको वृद्धिका बाबजुत ब्यापारबाहेका समूहको परिसूचकमा उल्लेख्य वृद्धि हुँदा समग्र नेप्से उच्च अंकले बढेको हो।
यस दिन बैंकिङ समूह ६, होटल ५१, विकास बैंक २२, जलविद्युत ८८, फाइनान्स ३, निर्जीवन बीमा समूह २४४, उत्पादन ३०३, अन्य १४०, माइक्रोफाइनान्स २३२, जीवन बीमा ६०८ अंकले बढेका छन्। व्यापार समूह भने १६ अंकले घटेको छ।
नेपाल टेलिकमको सबैभन्दा बढी रकम ४० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने नविल बैंकको २२ करोड ८० लाख रुपैयाँको सेयर किनबेच भयो।
यस दिन जनउत्थान सामुदायिक लघुवित्त, एनएमबि म्युचुअल फण्ड, विजय लघुवित्त, हिमालय डिस्टिलरी, लक्ष्मी लघुवित्त, नेरुडे लघुवित्त, छिमेक लघुवित्त, मिथिला लघुवित्त र सान्जेल जलविद्युत कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो।
साना किसान विकास बैंक, विशाल बजार कम्पनीको मूल्य पनि करिब १० प्रतिशतकै हाराहारीमा बढेको छ। एनआरएन लघुवित्त, उन्नति सहकार्य, नेपाल टेलिकमको मूल्य पनि करिब १० प्रतिशतले नै बढेको छ।
युनिलिभर नेपालको मूल्य ५ प्रतिशतले घटेको छ।