बैंक अफ काठमाण्डूले ‘बिओके सफलता मुद्दती खाता’मा उच्चतम व्याजदरका साथ एघार लाखसम्मको बीमा सुबिधा दिँदै आएको छ।
सिद्धार्थ इन्स्योरेन्ससँगको सहकार्यमा बैंकले सो सुविधा दिँदै आएको हो। यस अन्तर्गत दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्तताको लागि पाँच लाख, १८ प्राणघातक रोगहरुको लागि पाँच लाख तथा औषधि उपचारको लागि एक लाखको बीमा सुविधा छ।
यसै अन्तर्गत रुद्र प्रसाद वस्तीलाई बैंकले ५ लाख रुपैयाँ बीमा दाबी रकम भुक्तानी गरेको हो। बैंकको बाग्मती प्रदेश अन्तर्गत नारायणघाट प्रादेशिक कार्यालयका प्रमुख दिपक लम्सालले बीमा दाबी रकम बैंकको निक्षेपकर्ता वस्तीलाई हस्तान्तरण गरे।
प्राणघातक रोगका कारण उनको स्वास्थ्य प्रतिकुल भएको अवस्था भएपछि उनलाई सो रकम प्रदान गरिएको बैंकले जनाएको छ। हल उनले स्वास्थ्य लाभ गरी सामान्य जीवनयापन गरिरहेका छन्।
उनले नारायणघाट शाखा कार्यालयबाट बैंकिङ्ग कारोबार गर्दै आइरहेका छन्।
बैंकले हाल ९१ शाखा कार्यालयहरु, ८० एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।