सिद्धार्थ बैंकले काठमाडौंको नक्सालस्थित नेपाल पर्वतारोहण संघलाई सामाजिक उत्तरदायित्व अन्र्तगत एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
सो रकम बैंकका तर्फबाट नायव प्रबन्धक, भ्याली रिर्सोसेस अर्पना गिरीले नेपाल पर्वतारोहण संघका प्रमुख कार्यकारी अधिकृत कुलप्रसाद राईलाई हस्तान्तरण गरिन्।
उक्त रकम पर्वतारोहण संघले नेपाल पर्वतीय पर्यटन प्रवद्घनको कार्य क्षेत्रमा खटिँदा आकस्मिक दुर्घटनामा परी निधन भएका आरोहीका बालबालिकालाई शैक्षिक छात्रवृत्ति प्रदान गर्नका लागि उपयोग गर्नेछ।
विगत ४७ वर्ष देखि नेपालको पर्वतीय पर्यटन क्षेत्र विकासमा सहयोग गर्दै आइरहेको संघलाई बैंकले यो सहयोगबाट निधन भएका पर्वतारोहीका २० जना बालबालिकालाई शैक्षिक छात्रवृत्ति प्रदान हुने छ।
बैंकले शिक्षा, स्वास्थ्य, वातावरण, पर्यटन, सांस्कृतिक सम्पदा, पुर्वधार र सुरक्षा जस्ता क्षेत्र अन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धी कार्यहरूमा सहभागिता जनाउँदै आएको छ।