सनराइज बैंकले सानीभेरी गाउँपालिकाका किसानलाई सहुलियत कर्जा दिने भएको छ।
सानीभेरी गाउँपालिकाले सिफारीस गरिएका कृषक सहकार्य समुह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरुलाई सहुलियतपूर्ण कर्जा दिन गाउँपालिका र बैकबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
समझदारीपत्रमा सनर इज बैंककातर्फबाट अख्तियार प्राप्त विपन्न वर्ग तथा कृषि कर्जा विभागका प्रमुख दिपक पण्डित तथा गाउँपालिकाका तर्फबाट अध्यक्ष नर बहादुर पुनले हस्ताक्षर गरे।