हिमालयन बैंकले चन्द्रागिरी नगरपालिकाको बाणस्थली स्थित भूतपूर्व सैनिक सेवा समाजलाई एक थान कम्प्युटर सेट प्रदान गरेको छ।
बैंकले उक्त संस्थालाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पुरा गर्नेक्रममा सो कम्प्युटर सेट प्रदान गरेको बताएको छ।
बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले उक्त कम्प्युटर सेट भूतपूर्व सैनिक सेवा समाजका अध्यक्ष हुमलाल अधिकारीलाई प्रदान गरेका हुन्।