सिद्धार्थ बैंक लिमिटेडले काठमाडौंको टोखा स्थित फ्रेण्डशिप फाउन्डेशन नेपाललाई दुई लाख आर्थिक सहयोग गरेको छ। आइतबार सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले उक्त सहयोग गरेको हो।
सो रकम बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले फ्रेण्डशिप फाउन्डेशन नेपालका अध्यक्ष प्रकाश बाबु पौडेललाई हस्तान्तरण गरे।
उक्त रकम फ्रेण्डशिप फाउन्डेशन नेपालले गण्डकी प्रदेशको गोरखा सिरानचोक गाँउपालिका, केराबारी स्थित शिला रेग्मी सामुदायिक पुस्तकालयको भवन बनाउन प्रयोग गरिने बताइएको छ।