सेयर बजारमा सोमबार पनि नयाँ रेकर्ड कायम भएको छ। पछिल्ला दिनमा दिनदिनै उच्च रेकर्ड बनाएको परिसूचक नेप्सेले यस दिन २३३२ अंक कायम गरेको छ। यो अंक हालसम्मकै उच्च हो।
यस दिन नेप्से १७ अंकले बढेको हो। कारोबार पनि यस दिन बढेको छ। ६ अर्ब ३१ करोड रुपैयाँको सेयर किनबेच भएको छ। जलविद्युतबाहेकका सबै समूह बढेका छन्। सो समूह ११ अंकले घटेको छ।
बैंकिङ २, ब्यापार १८१, होटल ११३, विकास बैंक ५०, फाइनान्स २२, निर्जीवन बीमा १२६, उत्पादन २१, अन्य ११, माइक्रोफाइनान्स १०० र जीवन बीमा समूह १९९ अंकले बढेका छन्।
यस दिन सिभिल लघुवित्त, विशाल बजार कम्पनी, गोर्खाज फाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, स्वाभिमान लघुवित्त, समिट लघुवित्त, गुराँस लघुवित्त, आरम्भ चौतारी लघुवित्त, सामुदायिक लघुवित्त, तारागाउँ रिजेन्सी, प्रभु लाइफ इन्स्योरेन्स, एचआइडिसिएल कम्पनीको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ।
कारोबारका आधारमा यस दिन प्रभु बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको ३३ करोड ४६ लाख रुपैयाँको कारोबार हुँदा मूल्य बढेर प्रतिकित्ता ४४६ रुपैयाँ कायम भएको छ।
टेलिकमको २६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। समृद्धि फाइनान्सको मूल्य सबैभन्दा धेरै ४ प्रतिशतले घटेको छ।