ग्रिनलाइफ हाइड्रोपावर कम्पनीले आइपिओ निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ। कम्पनीले कुल ३४ लाख ९६ हजार ४ सय कित्ता सेयर जारी गर्न लागेको हो।
अंकित मूल्य १ सयका दरले ३४ करोड ९६ लाख ४० हजार रुपैयाँको सेयर जारी गर्नेछ।
यसअघि नै कम्पनीले स्थानीय प्रभावितका लागि सेयर जारी गरिसकेको छ। कम्पनीले सर्वसाधारणका लागि जारी गर्न लागेको सेयुर पुँजीको आकार १९. ४२ प्रतिशत हो।
कम्पनीको सेयर बिक्री प्रवन्धकका रुपमा बिओके क्यापिटल छ। कम्पनीले अबको २ महिनाभित्र सर्वसाधारणका लागि सेयर जारी गर्नेछ।
कम्पनीले दोलखा जिल्लाको खानीखोलाबाट विद्युत उत्पादन गर्नेछ। कम्पनीले ४० मेगावाट क्षमताको आयोजना बनाउँदैछ।
ग्रिनलाइफ हाइड्रोका अलवा यसअघि नै सिंगटी हाइड्रोपावरले आइपिओ निष्कासनका लागि अनुमति पाइसकेको छ।
कम्पनीले ४३ लाख ५० हजार कित्ता आइपिओ निष्कासनका लागि अनुमति पाएको हो। स्थानीय प्रभावितका लागि उसले सेयर जारी गरिसकेको छ।
अब सर्वसाधारणका लागि जारी गर्नेछ। कुल पुँजीमा ३० प्रतिशत सर्वसाधारण सेयर जारी गर्नेछ। यसको बिक्री प्रवन्धकमा मेगा क्यापिटल छ।