ग्लोबल आइएमई बैंकले ललितपुर नख्खु बजार क्षेत्रमा क्युआर कोडमार्फत् नगदरहित भुक्तानी सेवा विस्तार गरेको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार नख्खु क्षेत्रमा रहेका विभिन्न खुद्रा पसलहरुमा क्यूआर कोडमार्फत् नगद रहित भुक्तानी प्रवर्द्धन कार्यक्रमको उद्घाटन गरेका थिए।
नगद रहित कारोवारलाई प्रवर्द्धन गर्न बैंकले यस्तो प्रणाली विस्तार गरेको जानकारी दिएको छ।
बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न किसिमका नगद रहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहनका कार्यक्रमहरु गर्ने र यस किसिमका विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्न थप कार्यक्रमहरु आयोजना गर्ने जनाएको छ ।
बैंकले क्युआर मर्चेन्टहरुलाई विद्युतीय भुक्तानीसम्बन्धी चेतनामुलक अनलाइन तालिमको पनि सुरुवात गरेको छ ।
क्युआर कोड स्क्यान गरेर गरिने भुक्तानी नगदरहित प्रणाली हो। पसलमा रहेको कोडमा आफ्नो मोबाइल बैंकिङ एपमा रहेको कोड स्क्यानबाट स्क्यान गरेर यस्तो भुक्तानी गर्न सकिन्छ।
पछिल्लो समय नेपाल राष्ट्र बैंककै अग्रसरतामा क्युआर कोड प्रणालीलाई वैंक तथा वित्तीय संस्थाहरुले प्रबर्द्धन गर्दै आएका छन्।