सिटी एक्स्प्रेस फाइनान्सलाई गाभेर नेपाल इन्भेष्टमेन्ट बैंकले आजदेखि एकीकृत कारोबार थालेको छ।
इन्भेष्टमेन्टका तीन शाखाहरु घन्टाघर, बिर्तामोड र गाईघाटबाट एकीकृत कारोबार आरम्भ भएको हो।
नेपाल इन्भेष्टमेन्ट बैंकले देशभर ८६ शाखा, १२८ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५९ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत् आफ्ना ग्राहकहरूलाई सेवा पुर्याउँदै आएको छ।
पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द इयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोमनी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ।
यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ।