ग्लोबल आइएमइ र भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउनको लागि सम्झौता भएको छ।
सम्झौता पत्रमा बैंकको बाग्मती प्रादेशिक कार्यालय उप–प्रमुख विदुर ज्ञवाली र भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष डिल्ली प्रसाद थपलियाले हस्ताक्षर गरे।
सम्झौता अनुसार ग्लोबल आइएमइ बैंकले भण्डारा लगायत चितवनका विभिन्न ठाउँहरुमा बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, बङ्गुरपालन, माछापालन तथा फलफूलहरुको उत्पादन गर्ने कृषकहरुलाई स्थानीय सहकारीको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ।
भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाले बैंकको सिफारिसमा साना किसानहरुलाई आवश्यक तालिमको व्यवस्था समेत गर्नेछ।
यो बैंकको २६४ शाखा, २४० एटीएम, २४४ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८ सय सेवा केन्द्र छन्।