नेप्सेले ११ कम्पनीको सेयर कारोबार रोक्का गरेको छ।
धितोपत्र बोर्डमा २०७५/७६ को वार्षिक प्रतिवेदन पेश नगरेका कारण बोर्डको पत्रअनुसार कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ।
यसरी कारोबार रोक्का हुने कम्पनीहरुमा ७ जलविद्युत कम्पनी, एक जीवन बीमा कम्पनी र तीन लघुवित्त कम्पनी छन्।
नेपाल हाइड्रो डेभलपर, पन्चकन्या माई, पाँचथर पावर, राधि विद्युत, युनिभर्सल पावर, रैराङ हाइड्रोपावर र युनियन हाइड्रोपावर कम्पनीको कारोबार रोक्का भएको छ।
त्यस्तै गुराँस लाइफ इन्स्योरेन्सको कारोबार रोक्का भएको छ। कारोबार रोक्का हुने लघुवित्त कम्पनीहरु कर्णाली डेभलपमेन्ट बैंक, कालिका लघुवित्त, नेसनल माइक्रोफाइनान्स छन्।