सिटिजन्स बैंकका ग्राहकले सुप्रिम क्याफे एन्ड लाऊन्ज बार, न्यूरोडमा विशेष छुट पाउने भएका छन्।
बैंकका ग्राहकलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो।
यो सम्झौतापछि सिटिजन्स बैंकका डेबिट क्रेडिट/प्रिभिलेज कार्डवाहकले उक्त बारमा छुट पाउने बैंकको भनाइ छ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ। यो बैंकको १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरु छन्।