कुमारी बैंकले तिनकुने शान्तिनगरमा रहेको तरकारी तथा फलफूल बजार ‘पशुपति एग्रो मार्ट’मा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ।
तरकारी किनेपछि मोबाइल फोनबाट सजिलै क्युआर कोडमार्फत् भुक्तानी गर्न सकिने बैंकको भनाइ छ। सो क्यू आर स्ट्याण्ड तरकारी व्यवसायीहरुलाई हस्तान्तरण गरिएको हो।
बैंकले नगद कारोबारकोे विकल्पमा यो सेवा प्रयोग गरेर डिजिटल प्रविधिलाई प्रवर्धन गर्न मद्दत पुर्याएको बताएको छ।
यो बंकको १९३ शाखा सञ्जाल, १६५ एटिएम, २५ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेनसन काउन्टर छन्।