प्रभु बैंकले विशेष अदालत काठमाडौंमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। शुक्रबारदेखि उक्त काउन्टरमार्फत् कारोबार सुरु भएको छ।
विशेष अदालतका न्यायाधीश प्रेमराज कार्कीले सो काउन्टरको उद्धघाटन गरेका हुन्। अदालतमा आउने सेवाग्राहीलाई रकम जम्मा गर्न र काम गर्न सहज हुने विश्वास लिइएको छ।
यो बैंकको २१३ वटा शाखा कार्यालय, १८९ वटा एटिएम, ५९ वटा एक्स्टेन्सन काउन्टर तथा २ वटा शाखारहित बैंकिङ सेवा छन्।