सोमबार सेयर बजारको परिसूचक नेप्सेले ३ हजार अंक पार गरेको छ। यस दिन ४२.७ अंकले बढेर परिसूचक ३ हजार २५ अंकमा कायम भएको छ।
कारोबार रकममा सामान्य कमी आएको छ। हिजो १९ अर्ब ५५ करोडको सेयर किनबेच भएकोमा यस दिन १८ अर्ब ८८ करोडको कारोबार भएको छ।
नेपाल इन्स्योरेन्स, खानीखोला हाइड्रो, जोशी हाइड्रो, घलेम्दी हाइड्रो, ङादी ग्रुप, सिइडिबी हाइड्रो, ओरेन्टल होटल, तारागाउँ रिजेन्सी, युनियन हाइड्रो, जलविद्युत लगानी तथा विकास कम्पनी, सोल्टी होटल र हिमालय डिस्टिलरीको मूल्य करिब १० प्रतिशतले बढेको छ।
माउन्टेन हाइड्रोका लगानीकर्ताले सबैभन्दा धेरै ५ प्रतिशतले घटेको छ। अरुण भ्यालीको ४.७ तथा युनाइटेड मोदीको मूल्य ४.४ प्रतिशतले घटेको छ।
कारोबारका आधारमा यस दिन अरुण भ्याली अग्रस्थानमा रह्यो। सो कम्पनीको ६२ करोडको सेयर किनबेच हुँदा मूल्य भने घटेको छ।
अपि पावरको ५४ करोड तथा हिमालय डिस्टिलरीको ५० करोड रुपैयाँ बराबरको किनबेच भयो। नेपाल पुनर्बीमा, लुम्बिनी विकास बैंक पनि कारोबारका आधारमा अगाडि रहे।